नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थी सप्तरीमा
राजविराज । सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीलाई आइतवार एक समारोहका बिच नागरिक अभिनन्दन गरिने भएको छ ।भारतका सामाजिक अभियन्ता सत्यार्थीलाई जिल्ला विकास समिति सप्तरीले जिल्लावासीको तर्फबाट नागरिक अभिनन्दन गर्न लागेको हो । जिल्ला विकास समितिको सभाकक्षमा आयोजित उक्त समारोहमा सहभागी हुन सत्यार्थी आइतवार बिहान सप्तरी आउने कार्यक्रम रहेको छ ।
.png)
बाल अधिकारको अभियन्ताको रुपमा चिनिएका उनी बालश्रम विरुद्ध भारतीय अभियानमा १९९० को दशकदेखि सक्रिय रहँदैआएका छन् ।
बचपन बचाओ आन्दोलनको माध्यमले लगभग ८० हजार बाल श्रमिकहµलाई मुक्त गराउनुका साथै पुनर्वास तथा शिक्षाको व्यवस्थामा सहयोगगर्दै आएका छन् ।

