बटोहीक अबिरल यात्रा...
Monday, 8 April 2024
Sunday, 3 May 2015
सप्तरीमे मातृभाषा मैथिलीमे पठन–पाठन प्रारम्भ, किछु व्यक्ति तथा संस्थाद्वारा भ्रामक प्रचार करैत अवरोध
सप्तरीमे मातृभाषा मैथिलीमे पठन–पाठन प्रारम्भ
किछु व्यक्ति तथा संस्थाद्वारा भ्रामक प्रचार करैत अवरोध
सघन
साक्षरता अभियानमे जिला शिक्षा कार्यालय सप्तरी मैथिली भाषाके पाठ्यपुस्तक अनिवार्य
रुपमे लागु कएलाक बादो किछु संघ–संस्था नेपाली भाषाके पाठ्यपुस्तक आ’ शिक्षणके माध्यम सेहो
नेपालीमे करए जा’
रहल अछि । तैं सम्पूर्ण मैथिलीभाषी सभ अपन–अपन ठामसँ सजग सशक्त भ’ कए आगु बढी । बहुत गम्भीर
सवाल अछि हमर अहाँक लेल, सप्तरीमे मातृभाषा मैथिलीमे पठन–पाठन प्रभावहिन कहि कए
किछु लोग एकरा विफल करएमे लागल अछि । 
मैथिलीभाषीके बाहुल्य रहल सप्तरी जिलामे मैथिली
भाषामे पठन–पाठन
नहि होयत त कि रुकुम, रोल्पा, अछाम, सोलु ईत्यादी जिलामे मैथिली प्रभावकारी होयत ?
अहि स पहिने सञ्चालन भेल साक्षरता कक्षामे डोको के मतलब हमर अहाँक बाबु–मैयाँ, दादा–दादी नहि बुझै छलै, मुदा
एहिबेर डोको के ठाम पर ‘ढकिया’ पढाओल जा रहल छै । एहि स पहिने माइती शब्द छलै,
एहिबेर नैहर लिखल छै । अहीँ सभ कहुँ सप्तरीक प्रौढ सभके बुझएमे कोन भाषा सहज हेतै
? ईहो भ्रम फैलाओल जा रहल छै जे मैथिली अर्थात तिरहुता लिपीके विषयमे, पाठ्यपुस्तकमे
तिरहुता लिपीके चर्चो नहि कएल गेल अछि ।
बात रहलै शुद्धा–शुद्धीके त साक्षरता अभियानमे
व्याकरणके ज्ञान नहि, अपन नाम–गाम लिखए, गन्ती करए, अंक चिन्हए, मोबाइलके नम्वर
दाबए जँका सामान्य ज्ञान देल जा रहल अछि । 
अभियानमे खटल सहयोगी कार्यकर्तासभ मैटिक पास
छै । सहयोगी कार्यकर्ता मैथिलीभाषी आ सहभागी सेहो मैथिली भाषीये छै तखन समस्या कथी
कए ? आओर सहज भेनाइ स्वाभाविक छै ।
जतय कक्षा चलिरहल छै ततए हँसी मजाक संगहि केयो अ
आ इ ई, क ख ग घ त केओ अपन नाम लिखए अभ्यास क रहल छथि । महत्वपूर्ण ई छै जे कक्षा सञ्चालनमे
एखनो ढिलाइ भ रहल छै । एहिके लेल शिक्षा कार्यालयके दवाव देल जाय......
पीस नेपाल
नामक संस्थाद्वारा सप्तरी
जिलाक बनौला गाममे
सञ्चालित कक्षा अवलोकनके लेल
स्वस्फूर्त रुपमे मैथिली साहित्य
परिषदक अध्यक्ष शुभचन्द्र झा,
हम सचिव श्यामसुन्दर
यादवसहितके पदाधिकारी गेल छलौं
।
कक्षा अवलोकन
क कए हमसभ
अति उत्साहित छी
। यद्यपी किछु संस्थाक सभ शिक्षा कार्यालयक
निर्णय आ सम्झौता विपरित नेपालीमे पढाबए जा
रहल अछि । तैं सम्पूर्ण जिलावासीसँ आग्रह जे अहाँक गाम आ टोलमे जँ नेपाली भाषाक
पाठ्यपुस्तक पढाबए जा रहल अछि त तत्काल रोक लगाओल ।
मैथिली साहित्य परिषद्द्वारा कएल
गेल एकटा सकारात्मक प्रयासके विफल बनौनिहारके पहिचान कएल जाउ । नेपालक २०४७ सालक संविधान
आ अन्तरिम संविधानमे सेहो मातृभाषाके सुनिश्चितता कएल गेल अछि ।
देश संघीय संरचनामे जा रहल अवस्थामे फेर वएह एक
भाषा एक भेषके पृष्ठपोषण क रहल व्यक्ति आ संस्था सभके अविलम्ब रोकल जाय । संगहि सम्पूर्ण
मैथिली मातृभाषी सभसँ बिनम्र आग्रह अछि अपन अपन ठामसँ एकतावद्ध भेल जाय । हमसभ मातृभाषाक
लेल सशक्त आन्दोलन करए जा रहल छी । कृपया अपन बिचार सहित एकरा बेसी स बेसी शेयर कएल
जाउ ।
Tuesday, 21 April 2015
अतिक्रमणको मारमा मैथिली भाषा
अतिक्रमणको मारमा मैथिली भाषा
जयकृष्ण गोइत, केन्द्रिय संयोजक, अखिल तराई मुक्ति मोर्चा
समाजको विकासक्रममा सामाजिक सम्पर्कको सशक्त माध्यमको रूपमा मानव भाषाको उदय भयो । भाषा समुदायको अभिव्यक्तिको माध्यममात्र होइन, प्रत्येक भाषिक समुदायको आदर्श, परम्परा, शिक्षा, दीक्षा, साहित्य, कला, ज्ञान, विज्ञान आदिको संरक्षण, सम्बद्र्धन र विकास गर्ने मूल आधारतत्व हो । भाषा संस्कृति, सभ्यता, स्वाभिमान र राष्ट्रिय पहिचान पनि हो । भाषा समाजको सामूहिक एकता, उन्नति, प्रगति र क्रान्तिकारी परिवर्तनको अचुक एवं अनिवार्य साधन हो । त्यसैले कुनै पनि अतिक्रमणकारीले अरूमाथि राजनीतिक तथा आर्थिक हैकम कायम गर्न पहिले उसको भाषामाथि अतिक्रमण गर्दै आफ्नो भाषा भिœयाउने गरेको उदाहरण इतिहासमा पढन पाइन्छ । आफ्नो भाषाभन्दा अतिक्रमणकारीको भाषालाई प्रयोग गर्नमा आफूलाई गौरव सम्झने दास मानसिकताले पनि यसलाई प्रश्रय दिएको हुन्छ । नेपालको सबैभन्दा पुरानो र समृद्ध तथा तराईको मूल भाषा मैथिली अहिले त्यसै किसिमको दोहोरो अतिक्रमणको शिकार भएको छ ।
मैथिली भाषा भारोपेली भाषा परिवार अन्तर्गतको एउटा प्राचीन र सम्पन्न भाषा हो । उन्नाइसौं शताब्दीमा जर्ज अब्रा≈म गियर्सनद्वारा गरिएको सर्वेक्षणमा तराई र बिहारको अधिकांश क्षेत्रमा मैथिलीको स्वतन्त्र साहित्यक परम्परा रहेको देखाइएको छ । रवीन्द्रनाथ ठाकुरले मैथिली कवि कोकिल विद्यापतिबाट प्रभावित भएर विद्यापतिकै शैलीमा भानुसिंहेर पदावली लेखेका थिए । डा. सुनीतिकुमार चटर्जीले भाषा र संस्कृतिको क्षेत्रमा मिथिलालाई बंगालका पथप्रदर्शक मानेका छन् ।
इतिहासकार डा. तुलसीराम वैद्यले सिम्रौनगढमा गरेको अनुसन्धानबाट प्रमाणित भएको छ, कर्णाटवंशीय राजाहरूको शासनकालमा मैथिली भाषालाई राजकीय संरक्षण प्राप्त थियो । चौधौँ शताब्दीको पूर्वाद्र्धदेखि नै कान्तिपुर, ललितपुर, भक्तपुर, बनेपा लगायत स्थानमा मैथिलीको व्यापक प्रभाव थियो । इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार सेन राजाहरूको कामकाज मैथिली भाषामा हुन्थ्यो । तर शाहवंशीय शासकहरूले राज्य भाषाको रूपमा नेपाली (खस) भाषा अपनाए ।
सन् १९५४ई. मा नेपाल सरकारले गठन गरेको राष्ट्रिय शिक्षा आयोगको सिफारिसअनुसार शिक्षा मन्त्रालयको स्वीकृतिविना अन्य भाषामा पठन–पाठन गर्न नपाउने तथा दुई महिनाभित्र सबै शिक्षकलाई नेपाली भाषाको माध्यमबाट पढाउन सक्षम हुनुपर्ने आदेश जारी गरियो । नेपाली भाषा लाद्ने सरकारी निर्णयको विरुद्ध मैथिली भाषाभाषीहरूले तराईमा विरोध सभाहरू गर्न थाले । तर तराईको व्यापक क्षेत्र र सबभन्दा बढी बोलिने मैथिली भाषाको लागि होइन, ‘हिन्दी’ भाषाको लागि । तराई काँग्रेसले “हिन्दी बचाओ” अभियान ठाउँ–ठाउँमा समिति गठन गरेर चलायो ।
सन् १९५८ मा राजा महेन्द्रले राष्ट्रिय निर्वाचनको घोषणा गरे । फलतः धरातलीय यथार्थ र मनोवैज्ञानिक सत्यलाई नजरअन्दाज गरेर तराईमा हिन्दी भाषाको लागि गरिएको आन्दोलनबाट सबैको ध्यान हटेर निर्वाचनको तयारीतिर गयो । निर्वाचनमा नेपाली कांग्रेस, नेपाल प्रजा परिषद् र नेपाल कम्युनिस्ट पार्टीले पनि बहुभाषालाई नीतिगत मान्यता दिए । फलतः तराई कांग्रेसले हिन्दी भाषाको लागि गरेको आन्दोलनको चुनावी नारा फितलो पर्न गयो । तराई कांग्रेसले नराम्रो हार बेहोर्नुको प्रमुख कारणमध्ये हिन्दी भाषा आन्दोलन पनि एक थियो ।
सन् १९६० मा राजा महेन्द्रले विशेषाधिकारको प्रयोगबाट जननिर्वाचित सरकारलाई विघटन गरेर राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाए । “एउटै भाषा, एउटै भेष” को नारालाई राष्ट्रवादी नीतिको रूपमा परिभाषित गरी अन्य भाषा र संस्कृतिलाई समाप्त पार्ने दमनात्मक अभियान चलाइयो । सन् १९७१ देखि नयाँ शिक्षा योजनाअन्तर्गत कक्षा ९ र १० मा ऐच्छिक विषयको रूपमा हिन्दी राख्यो, तर तराइको व्यापक क्षेत्र र सबैभन्दा बढी बोलिने मैथिली भाषा राखेन ।
प्रजातन्त्रको पुनस्र्थापनापश्चात् संयुक्त राष्ट्र संघको विश्वव्यापी मानव अधिकार सम्बन्धी घोषणा–पत्रको धारा २ द्वारा स्थापित भाषालगायतको मूल्य र मान्यता अनुरूप र नेपालको संविधान २०४७ को धारा १८ (१) द्वारा प्रदान गरिएको मौलिक अधिकारको आधारमा राजविराज नगरपालिका तथा धनुषा जिल्ला विकास समितिले मैथिली भाषालाई समेत कामकाजको भाषाको रूपमा प्रयोग गर्ने निर्णय गरेको अवस्थामा २०५४ चैत ५ गते सर्वोच्च अदालतले मैथिली भाषामा कार्यालयको कामकाज नगर्नु–नगराउनु भनी अन्तरिम आदेश जारी गरेपछि खस नेपाली भाषाका अतिरिक्त सबै भाषाभाषीहरू आ–आफ्ना मातृभाषाको अस्तित्व र महत्वप्रति संवेदनशील हुन पुगे र भाषिक अधिकार संयुक्त संघर्ष समितिको गठन गरे । सो समिति सङ्घर्षरत रहेकै अवस्थामा २०५६ जेष्ठ १४ गते दुई बर्षपछि हुने०५८ को जनगणनाअनुसार ०.४७ प्रतिशत जनताले मातृभाषाका रूपमा बोल्ने हिन्दीलाई भने संसद्मा प्रयोग गर्न पाउने सर्वोच्च अदालतले फैसला ग¥यो । तर त्यसको ४ दिनपछि त्यही अदालतले २०५६ जेष्ठ १८ मा १२.३० प्रतिशत अर्थात नेपालको दोश्रो र तराईको प्रथम सबैभन्दा ठूलो जनसंख्याले बोल्ने र राजविराज नगरपालिका र धनुषा जिल्ला विकास समितिको मैथिली भाषाको प्रयोगलाई असंवैधानिक र गैरकानूनी ठहर गरी सरकारी कामकाजमा प्रयोग गर्न नपाउने फैसला ग¥यो ।
गणतन्त्र स्थापनाको युगान्तकारी परिवर्तनपछि नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा शपथग्रहण गरेपछि निकै रडाको मच्चियो । त्यसको समाधानका लागि अन्तरिम संविधानमा सातौँ संशोधन गरिएपछि नेपालीहरूको नेपाली भाषा र मधेशवादी दलहरूकोे हिन्दी भाषाको अडानबाट मुक्त भएर धरातलीय यथार्थ एवं मनोवैज्ञानिक सत्यका आधारमा उपराष्ट्रपतिले मैथिली भाषामा शपथ लिए । नेपाली र हिन्दी भाषाको बीच मैथिली भाषा सम्पर्क भाषाको रूपमा व्यवहारिक र वैज्ञानिक सिद्घ भयो । जारी राष्ट्रिय जनगणनामा मधेशवादी दलहरूले मधेशलाई एक सूत्रमा बाँध्ने हिन्दी भाषालाई यथासम्भव मातृभाषा, नभए दोस्रो भाषामा समावेश गर्न भनी निर्णय गरे–नगरे पनि जनचेतना अभियान भने थालेका छन् । स्मरणीय कुरा के छ भने यदि भाषाले मात्र एक सूत्रमा बाँध्ने भए त भारतको बंगाल पूर्वी बंगाल र पश्चिमी बंगालमा विभाजित भएको पहिलेको पूर्वी पाकिस्तान पछि बांग्लादेश बन्ने नै थिएन ।
मधेशवादी दलहरूको घोषणा–पत्रमा हिन्दी भाषालाई सम्पर्क भाषाको रूपमा सरकारी मान्यता दिनुपर्ने भनिएको छ । वस्तुतः दुई अलग–अलग मातृभाषा बोल्नेहरूले आपसमा कुरा गर्दा प्रयोग गर्ने भाषा नै सम्पर्क भाषा हो । तराईमा सम्पर्क भाषाको व्यापकता फरक–फरक छ । पूर्वी तराईका मातृभाषीहरूको सम्पर्क भाषा मैथिली, मध्य तराईमा भोजपुरी र पश्चिम तराईमा अवधी रहेको पाइन्छ । तराईका ब्राह्मण, राजपुत, कायस्थ, यादव, मण्डल, तेली, सुडी, कोइरी, कुर्मी, खत्वे, मुसहर, चमार, डोम आदि जातिका मानिसहरू मैथिलीभाषी क्षेत्रमा मैथिली, भोजपुरीभाषी क्षेत्रमा भोजपुरी र अवधीभाषी क्षेत्रमा अवधी बोल्छन् । यो एक जाति बहुभाषा र बहुजाति एक भाषाको दोहरो स्थिति हो । महेश चौधरीले थारू भाषालाई पूर्वमा मैथिलीबाट, बीचमा भोजपुरीबाट र पश्चिममा अवधीबाट छुट्याउनुपर्ने आवश्यकता देखाएका छन् (रा. पु.सं.स., ने. व. भा. स्थि.र स. भा.–पृ. ५७) । यसले साबित गर्दछ कि थारूहरू पनि मैथिलीभाषी क्षेत्रमा मैथिली, भोजपुरीभाषी क्षेत्रमा भोजपुरी र अवधीभाषी क्षेत्रमा अवधी बोल्दछन् ।
वास्तवमा तराईमा बोलिने भाषाहरू सबैको साझा सम्पत्ति भएकोले तराईका राजनीतिकर्मीहरूले सबै भाषालाई समान अधिकार एवं अवसर दिनुपर्छ, सबै भाषासँग समान व्यवहार गर्नुपर्छ । कुनै भाषालाई काखा र कुनैलाई पाखा गर्नुहुन्न । त्यसो गरिएमा पाखा पारिएका, उपेक्षा गरिएका र अधिकार एवं अवसरबाट वञ्चित गरिएका भाषा बोल्नेहरूमा असन्तुष्टि एवं आक्रोश जन्मन्छ । सबै भाषालाई समान अवसर दिँदा जुन भाषा अघि बढ्छ–बढ्छ, जुन पछि पर्छ–पर्छ । त्यो जनताले नै तय गर्ने कुरा हो ।
भाषाको राजनीति वा राज्यसत्तासँग सम्बन्ध हुन्छ । अंग्रेजी भाषा संसारैभरि बोलिन्छ । किनकि कुनै बेला बेलायती साम्राज्यवादले विश्वभरि नै राज्य गरेको थियो र आफ्नो उपनिवेश कायम भएका देशहरूमा अंग्रेजीभाषी शासकहरूले राज्यको बलमा अंग्रेजी भाषा र संस्कृति लादे । यसले गर्दा त्यहाँका जनताले बाध्य भएर अंग्रेजी प्रयोग गर्न थाले र गर्दछन् । नेपालमा पनि नेपाली माषा धरैले बोल्नुका पछाडिको कारण पनि राज्यसत्ता नै हो ।
तराई काँग्रेसको स्थापना कालमा शिक्षाको भाषा हिन्दी थियो । तराईमा विद्यार्थीहरू ‘दया करो हे दयानिधान’ हिन्दीमा प्रार्थना गर्थे । तर एक्काइसौँ शताब्दीको दोस्रो दशकमा तराईको गाउँ–गाउँमा अँग्रेजी माध्यमका विद्यालयहरू खुलिसकेका छन् । आज विद्यार्थीहरू ‘ए फर एप्पल,बी फर बुक...’घोकिरहेका छन् । बालबालिकाले आफ्नो मातृभाषामा आधारभूत शैक्षिक सीप हासिल गर्ने क्रममा तराईका मैथिलीभाषी क्षेत्रका बालबालिकालाई मैथिलीमा बबाट बिलाइ सिकाउन थालिएको छ, न कि हिन्दीको बिल्ली । बालबालिकाले पनि बिलाइ शब्द नै छिट्टै बुझ्ने गरेका छन् ।
तराई काँग्रेसदेखि सद्भावना पार्टीसम्मले हिन्दीका लागि आवाज उठाएको देखिन्छ । मधेशवादी दलका नेताहरूले हिन्दीलाई मातृभाषाको रूपमा जति कुरा उठाए पनि आफ्नो घर–परिवारमा मैथिली, भोजपुरी, अवधी भाषा नै बोल्छन् । त्यसैले पनि उनीहरूको हिन्दी भाषासम्बन्धी अभियानले तराईका जनताको भावनात्मक साथ र समर्थन पाउन सकेको छैन । राजाका निरंकुश निर्दलीय पञ्चायती व्यवस्थाले आठ दशकमा मैथिलीलाई मेटाउन खोजेको थियो भने हाल मधेशवादी दलहरू भिन्न बाटोबाट सोही प्रयत्नमा लागेका छन् । कुनै मनोदबावका कारण तराईका व्यापक क्षेत्र र सबभन्दा बढी संख्यामा बोलिने मैथिली भाषालाई छोडेर हिन्दीको प्रयोग बढाउने प्रवृत्ति मधेशवादी नेताहरूमा देखिन्छ ।
प्रत्येक भाषाभाषीहरूको प्रमुख जिम्मेवारीमध्ये एउटा आफ्नो भाषाको संरक्षण–सम्बद्र्धन तथा समय–सापेक्ष गतिअनुसार त्यसलाई विकास गर्दै लैजानु पनि हो । जसले आफ्नो भाषाको रक्षा गर्न सक्दैन, त्यसको विकासमा कुनै ध्यान दिँदैन, त्यसले आफ्नो अस्तित्वको रक्षा पनि गर्न सक्दैन । समाज विकासका क्रममा भाषाले सामाजिक समुदायको एतिहासिक पहिचानको इतिहास बोकेको हुन्छ । भाषा मेटियो भने त्यो भाषिक समुदायको इतिहास, सभ्यता र संस्कृति पनि मेटिन्छ र अन्ततः त्यस भाषिक समुदायको पहिचान पनि मेटिन्छ ।
तराईमा संयुक्त राष्ट्र संघको विश्वव्यापी मानवअधिकारसम्बन्धी घोषणा–पत्र १९४८ को धारा–२ द्वारा स्थापित भाषासम्बन्धी मान्यताअनुरूप तराईका सबै भाषाको संरक्षण, सम्बद्र्धन र प्रयोग गर्नु–गराउनु राज्यको दायित्व हो ।
प्रस्तुत लेख दुई वर्ष अघि कान्तिपुर राष्ट्रिय दैनिकमा छापिएको थियो ।
Thursday, 9 April 2015
सप्तरीके मल्हनियाँ टोलमे भीषण आगिलगी
५० परिवारके एकसौ सँ बेसी घर जरिके नष्ट
सप्तरीके मल्हनियाँ टोलमे भीषण आगिलगी
५० परिवारके एकसौ सँ बेसी घर जरिके नष्ट
सप्तरीक रम्पुरामल्हनियाँ गाविसके वाड नम्वर–५ मे बृहस्पति दिन दुपहरमे भीषण आगिलगी भेल अछि ।
मल्हनियाँ टोलमे भेल आगिलगीमे ५० परिवारके एक सौ सँ बेसी घर जरिके नष्ट भेल अछि ।
आगिलगीमे परि एक दर्जनसँ बेसी पशु चौपायाके सेहो जरिके मृत्यू भेल अछि । दशरथ यादवके घरस शुरु भेल अगिलगीमे सुखराम यादव, छेदी यादव, अनिरुद्ध यादव, रामचरित्र यादव, असर्फी सुतिहार, जादुराम यादव, नारायण सुतिहार, बलदेव यादव, गङ्गा यादव सहितके व्यक्ति सभक घर जरिके नष्ट भेल जानकारी सप्तरीके प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरियाले जानकारी देलैन्ह ।
दुपहरियाक समयमे चलल हावा बिहाइरके कारण एके घण्टामै बस्ती सखाप भेल छल । अगिलगी भेल टोलधरि पहुँचवाक रास्ता सहज नहि भेलासँ बारुणयन्त्र दू घण्टा बिलम्ब पहुँचल छल । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी आ स्थानीयवासिन्दाक मद्दतसँ करिब तीन घण्टाक बाद आगि नियन्त्रणमे आएल छल ।
Wednesday, 8 April 2015
जाग जाग रे मधेशी वीर नौजवान
जाग जाग रे मधेशी वीर नौजवान
जाग जाग रे मधेशी वीर नौजवान
किया बनल छे तु एतेक अञ्जान
कतेक सहैत रहबे तु अपमान
तु त छे मधेशक सपूत महान
जाग जाग रे मधेशी वीर नौजवान...
सुन्नर बस्ती तोहर जरा रहल छौ
बन्दुक, गोली देखाकए डरा रहल छौ
तोहर पीठपर डण्टा बरसा रहल छौ
शोषण दमन केर जाल फेक रहल छौ
जाग जाग रे मधेशी वीर नौजवान......
सुन्न भ’ रहल छौ तोहर कोठी बखारी
मौन बनल छे, तोहर केहेन ई लाचारी
तोहर खम्हनीपर चला रहल छौ आरी
कहियाधरि बनल रहबे परके सवारी
जाग जाग रे मधेशी वीर नौजवान .....

तोरे घरमे क रहल छौ ओ शासन
किया भुलल छे ओ कपटीके भाषण
ओ दुष्ट रचि रहल छौ नव आसन
दरदर भटकै छे, मोछ टेरैत छौ रावण
जाग जाग रे मधेशी वीर नौजवान......
तोहर मुँहमे ओ ताला लगेलकौ
आँखिमे करिया पट्टी बान्हलकौ
तोहर हातमे हथकडी लगेलकौ
दुनु पैरमे सेहो जञ्जीर बान्हलकौ
जाग जाग रे मधेशी वीर नौजवान...

तोहर करेजमे ओ छुरी चलाबै छौ
डरा–डरा कए तोरा गुलाम बनाबै छौ
तोहर गर्दनि पर तलवार चलाबै छौ
जान तोहर ल कए, ठहाका मारै छौ
जाग जाग रे मधेशी वीर नौजवान...
तोरे पर टिकल छै सभक भरोसा
आब कतेक देखैत रहबे तुँ तमासा
तोरेमे छुपल छै स्वर्णिम मधेशक आशा
पुर्ण करए परतौ सभक अभिलाशा
जाग जाग रे मधेशी वीर नौजवान...

जुनि देख पाछा, आजादी खातिर बढैत चल
दासताके जञ्जीर तोडए खातिर चलैत चल
झुकिहे नहि कहियो, मुक्ति या मुत्यू रटैत
माँ मधेशक रक्षा हेतु दुश्मनके छाती कुचलैत चल
जाग जाग रे मधेशी वीर नौजवान...

राह कठिन छै मुदा जीत सुनिश्चित छै जानि ले
एकहिटा मन्त्र स्वतन्त्र मधेश ई मोनमे ठानि ले
रघुनाथ, रामराजा, गजेन्द्रक सन्तती से जानि ले
मधेशक रक्षक वीर सिपाही, मैदानी जंग ठानि ले
जाग जाग रे मधेशी वीर नौजवान...
२०७१ चैत्र २६ गते
Sunday, 5 April 2015
प्रहरीको लाठी चार्जबाट डा. राउतसहित दर्जनौं घाइते
प्रहरीको लाठी चार्जबाट डा. राउतसहित दर्जनौं घाइते सप्तरीसहित देशभरि विरोध प्रदर्शन जारी
राजविराज, २२ गते । झापाको राजगढमा शनिवार आयोजना गरिएको आमसभामा प्रहरीले गरेको लाठी चार्जबाट डा. सिके राउतसहित दर्जनौं कार्यकर्ता घाइते भएको बिरोधमा मधेशसहित देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गरिएको छ ।
सप्तरीसहितका जिल्लाहरुमा कालो झण्डाका साथ मुखमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरिएको हो । मधेशीमाथिको दमन बन्द गर, वाक स्वतन्त्रता कार्यक्रम गर, कार्यकर्ताहरुको झुटा मुद्दा खारेज गर लगायतका नाराहरु लगाउँदा स्वतन्त्र मधेश गठबन्धनका नेता तथा समर्थकहरुले राजविराजमा प्रदर्शन गरेका छन् ।
राउत समर्थकहरुद्वारा निकालिएको विरोध जुलुस राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको थियो । –
झापामा शनिवार आयोजना गरिएको कार्यक्रममा डा. राउत गाडीबाट ओलिर्ने वित्तिकै उनीमाथि टाउकोमा तथा पाखुरामा लाठी प्रहार गरिएको थियो । उनलाई मेची अञ्चल अस्पतालमा उपचार गराई प्रहरीले उनलाई रिहा गरेका छन् । प्रहरीद्वारा गरिएको दमनमा १८ जना नेता तथा समर्थकहरु घाइते भएका थिए भने ६१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
लाठी चार्जबाट घाइते भएका राउतलाई अस्पताल भर्ना गरिएको थियो ।
बिहानदेखि आमसभामा सहभागी हुन गाउ“–गाउ“बाट आउन लागेका कार्यकर्तालाई प्रहरीले बाटोमा रोकेका थिए । उक्त घटनामा डा. परमेश्वर मुरमुर, डा. संजय साह, राम बिलाश मेहता, सरोज शर्मा, विशेश्वर मण्डल, तबरेज आलम, तपेश्बर लाल कर्ण, आशा झा, आशोक मेहता, जिबन गुप्ता, श्यामानन्द शर्मा, छोटेलाल सोरेन लगायतलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।
नेपाल सरकारबाट भएको उपरोक्त घटनाको स्वतन्त्र मधेश गठबन्धनले घोर भत्र्सना गरेको छ । यस बारेमा देश–विदेशका पत्रकार, कुटनितिज्ञ, राजनैतिक पार्टी, वुद्धिजीवि, मानवअधिकारकर्मी लगायतलाई प्रेस विज्ञप्ति मार्फत गठबन्धनले ध्यानाकर्षण गराएको छ ।
Tuesday, 31 March 2015
वर्तमान सरकारकोे रबैया विरुद्ध एकजुट होऔं
वर्तमान सरकारकोे रबैया विरुद्ध एकजुट होऔं
करिब एक दशकदेखि उदयपुर जिल्लामा कार्यरत युवा पत्रकार रामप्रसाद भट्टराई ‘सचिन’ सुनसरीको इटहरीस्थित आँपगाछीमा मृत फेला परेको खबरले अत्यन्तै चिन्तित तुल्याएको छ । चैत १० गते घरबाट व्यक्तिगत कामका लागि बाहिर निस्किएका भट्टराई बेपत्ता भएपछि परिवारले खोजी गर्दै जाँदा इटहरी प्रहरीले चैत १२ गते उनको शव बेवारिसे अवस्थामा फेला पारेका थिए । युवा पत्रकार सचिनको रहस्यमय ढङ्गबाट हत्या भएको छ । राष्ट्रको चौथो अंगको उपमा पाएको पत्रकारिता जगतमाथि श्रंखलावद्ध रुपमा आक्रमण तथा हत्याको श्रंखलाले प्रेस झन् असुरक्षित बन्न पुगेको छ ।भोको पेट लिएर अनुहारमा हाँसो राखेर देश र समाजका लागि अहोरात्र खट्ने पत्रकारहरुको सुरक्षासम्म दिन नसक्नु राज्यको नालायकीपन हो ।
यतिमात्र होइन, मेडिकल माफिया विरुद्ध १० दिनदेखि अनसनरत डा.गोविन्द केसीका मागबारे छलफल गर्न प्रधानमन्त्री सुशील कोइरालाले बोलाएको मन्त्रीपरिषद्को आकस्मिक बैठक ठोस निर्णय बिनै टुङ्गिएको खबरले झन चिन्तित तुल्याएको छ । एमालेका मन्त्रीहरु तथा कांग्रेसकै नरहरि आचार्य लगायतका मन्त्रीहरुले मेडिकल कलेजको पक्षमा वकालत गरेपछि डा.केसीका मागबारे ठोस निर्णय लिन सकेको छैन ।

यस्ता गैर जिम्मेवार एवम् जनविरोधी सरकारको नेतृत्व गर्ने शुशील कोइरालाले आफ्नो जोगाउनका लागि ठोस निर्णय लिएर अगाडि बढ्नु आवश्यक छ । नेपालकै ईतिहासमा अति भ्रष्ट सरकारको रुपमा परिचय पाएको यो सरकारकोे गलत रबैया विरुद्ध एकजुट हुनु आवश्यक छ ।
पत्रकार हत्याका अपराधीलाई अबिलम्व पक्राउ गरी कडा कार्वाही होस् । यसैगरी डा. केसीको माग तत्काल सम्वोधन होस् । जनताका लागि ज्यान उत्सर्ग गर्न पछाडि नहट्ने वहाँको जीवनरक्षा तथा भ्रष्टाचारी एवम् जनविरोधी सरकारलाई आ–आफ्नो स्थानबाट खबरदारी गरौं । जागौं जनता......
Subscribe to:
Posts (Atom)



.jpg)

