प्रहरीको लाठी चार्जबाट डा. राउतसहित दर्जनौं घाइते
प्रहरीको लाठी चार्जबाट डा. राउतसहित दर्जनौं घाइते सप्तरीसहित देशभरि विरोध प्रदर्शन जारी
राजविराज, २२ गते । झापाको राजगढमा शनिवार आयोजना गरिएको आमसभामा प्रहरीले गरेको लाठी चार्जबाट डा. सिके राउतसहित दर्जनौं कार्यकर्ता घाइते भएको बिरोधमा मधेशसहित देशका विभिन्न जिल्लामा विरोध प्रदर्शन गरिएको छ ।
सप्तरीसहितका जिल्लाहरुमा कालो झण्डाका साथ मुखमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरिएको हो । मधेशीमाथिको दमन बन्द गर, वाक स्वतन्त्रता कार्यक्रम गर, कार्यकर्ताहरुको झुटा मुद्दा खारेज गर लगायतका नाराहरु लगाउँदा स्वतन्त्र मधेश गठबन्धनका नेता तथा समर्थकहरुले राजविराजमा प्रदर्शन गरेका छन् ।
राउत समर्थकहरुद्वारा निकालिएको विरोध जुलुस राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको थियो । –
झापामा शनिवार आयोजना गरिएको कार्यक्रममा डा. राउत गाडीबाट ओलिर्ने वित्तिकै उनीमाथि टाउकोमा तथा पाखुरामा लाठी प्रहार गरिएको थियो । उनलाई मेची अञ्चल अस्पतालमा उपचार गराई प्रहरीले उनलाई रिहा गरेका छन् । प्रहरीद्वारा गरिएको दमनमा १८ जना नेता तथा समर्थकहरु घाइते भएका थिए भने ६१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
लाठी चार्जबाट घाइते भएका राउतलाई अस्पताल भर्ना गरिएको थियो ।
बिहानदेखि आमसभामा सहभागी हुन गाउ“–गाउ“बाट आउन लागेका कार्यकर्तालाई प्रहरीले बाटोमा रोकेका थिए । उक्त घटनामा डा. परमेश्वर मुरमुर, डा. संजय साह, राम बिलाश मेहता, सरोज शर्मा, विशेश्वर मण्डल, तबरेज आलम, तपेश्बर लाल कर्ण, आशा झा, आशोक मेहता, जिबन गुप्ता, श्यामानन्द शर्मा, छोटेलाल सोरेन लगायतलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।
नेपाल सरकारबाट भएको उपरोक्त घटनाको स्वतन्त्र मधेश गठबन्धनले घोर भत्र्सना गरेको छ । यस बारेमा देश–विदेशका पत्रकार, कुटनितिज्ञ, राजनैतिक पार्टी, वुद्धिजीवि, मानवअधिकारकर्मी लगायतलाई प्रेस विज्ञप्ति मार्फत गठबन्धनले ध्यानाकर्षण गराएको छ ।
No comments:
Post a Comment