हेर्दाखेरी सामान्य जस्तो लाग्ने तर यो सामान्य कुरा होइन । प्रसङ्ग एसएलसी परीक्षाको । सप्तरी जिल्लामा सञ्चालित एसएलसी परीक्षामा चेकजाँचका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । परीक्षा हलमा चेकजाँचका क्रममा टोलीले पक्राउ गर्दा विद्यार्थीहरुलाई एक्सपेल्ड गर्ने गरेको छ । चेकजाँचको पनि तरिका हुन्छ तर चेकजाँच गर्ने प्रहरी तथा टोलीका सदस्यहरुले हाम्रा भाइ–बहिनीहरुलाई निकृष्ट ढङ्गबाट चेक गर्ने गरेको छ । म भन्दिन कि चेक जाँच गर्नुहुँदैन । तर चेक जाँचका नाममा अति कदापि सह्य हुँदैन । यदी चेक गर्ने काम प्रहरीहरुकै हो भने निरीक्षकको आवश्यकता किन ? हाम्रा भाइ बहिनीहरु एसएलसीको नामबाट त्यसै डराएका हुन्छन् । त्यसमा पनि परीक्षा भवनमा प्रहरीको प्रवेश र शैलीले झन त्रसित बनाएको छ । विद्यालयमा पढाई भएको छ कि छैन ? विद्यालय र विद्यार्थीका समस्या के–के छन् ? यसतर्फ चासो नराख्ने प्रमुख जिल्ला अधिकारी, शिक्षा अधिकारी, प्रहरी प्रमुखसहितका महानुभावहरुपरीक्षाको बेला मात्रै सक्रिय किन ? पहिलो दिनको परीक्षामा मात्र एक सय चार जना विद्यार्थीलाई एक्सपेल्ड गरिएको छ । उनीहरुको भविष्य बर्वाद भएको छ नै । यही रबैया रह्यो भने परीक्षालाई मर्यादित बनाउने नाममा आठ दिनमा स्वतः आठसदेखि एक हजार विद्यार्थीको भविष्य बर्बाद हुने निश्चित छ । सभ्य एवम् मर्यादित रुपमा चेकजाँच होस् तथा शान्तिपूर्ण वातावरणमा हाम्रा भाइबहिनीहरुले परीक्षा दिन पाओस् । यसतर्फ अधिकारवादी, राजनीतकि दल, नागरिक समाजलगायत सरोकारवालाहरुको अबिलम्ब ध्यान केन्द्रित होस् । हेर्नुुस् तस्विर आफै बोल्छः
No comments:
Post a Comment