Friday, 20 March 2015

चेक जाँच गर्ने गजबको शैली
सप्तरीमा ३ सय २७ परीक्षार्थीको परीक्षा रद्द 

राजविराज, ६ चैत्र । एसएलसी परीक्षाको दोस्रो दिन शुक्रवार नेपाली विषयको परीक्षामा २ सय २३ जनाको परीक्षा रद्द गरिएको भने एक जनालाई थप एक वर्षसम्म परीक्षा दिन नपाउने गरी कार्वाही भएको छ ।
विभिन्न टोलीद्वारा गरिएको चेक जाँचका क्रममा साथबाट चीट फेला परेको भन्दै परीक्षाक्र्षीहरुको परीक्षा रद्द गरिएको हो । यसैगरी केशो अनिरुद्धवति माध्यमिक विद्यालय परीक्षा केन्द्रमा चेक जाँचका क्रममा आपत्ति जनाएकोमा एक जना विद्यार्थीलाई अर्को वर्ष पनि परीक्षा नदिने गरी सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले कार्वाही गरेको जिल्ला शिक्षा कार्यालय सप्तरीले जनाएको छ । यसरी थप एक वर्ष कार्वाहीमा पर्ने विद्यार्थी को हुन् ? भन्नेबारे जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराईले खुलाउन चाहेनन् ।
शिक्षा अधिकारी भट्टराईका अनुसार राजविराज स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ३१ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ । राजदेवी माध्यमिक विद्यालयबाट ३ जना, पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट २३ जना, हनुमाननगर स्थित महाबीर उच्च माध्यमिक विद्यालयबाट २० जना, फत्तेपुर स्थित मााध्यमिक विद्यालय परीक्षा केन्द्रबाट १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ ।
यसैगरी गरी भुर्की सितापुरको माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ९ जना, माध्यमिक विद्यालय बनौलाबाट ४५ जना, पातो स्थित माध्यमिक विद्यालयबाट १३ जना र माध्यमिक विद्यालय टिकुलिया परीक्षा केन्द्रबाट २२ जना परीक्षार्थीको नेपाली विषयको परीक्षा रद्द गरिएको छ । यस्तै शुक्रवारको परीक्षामा ३ सय ३९ परीक्षार्थी अनुपस्थित भएको शिक्षा अधिकारी भट्टराईले जानकारी दिए ।  बिहीवार सम्पन्न अंग्रेजी विषयको परीक्षामा विभिन्न परीक्षा केन्द्रबाट १ सय ४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको थियो । सदरमुकाम राजविराज स्थित राजदेवी मा.वि. र मोडेल उच्च मा.वि. परीक्षा केन्द्रमा मर्यादा विपरीत कार्य गरेको भन्दै चार जना निरीक्षकलाई निष्काशन गरिएको थियो ।
चीट चोरी गरेको आरोपमा परीक्षार्थी निष्काशन नगरी सम्वन्धित विषयको परीक्षा नै रद्द गरिएको छ । यस्तै क्रियाकलाप जारी रहयो भने सप्तरीबाट मात्रै करिब दुई हजार विद्यार्थीको परीक्षा रद्द हुने निश्चित छ ।


No comments:

Post a Comment