प्रहरी प्रशासनको शैलीप्रति युवा विद्यार्थी संगठनको चेतावनी
राजविराज, ७ चैत्र । एसएलसी परीक्षामा प्रहरी प्रशासनले परीक्षा प्रणालीलाई अमर्यादित बनाएको भन्दै सप्तरीका संयुक्त युवा विद्यार्थी संगठनले गम्भीर आपत्ति जनाएको छ ।
परीक्षाको वातावरण बिगार्ने कार्य अबिलम्ब बन्द गर्न आग्रह गर्दै सम्वन्धित निकायलाई गम्भीर बन्न संयुक्त संगठनले आग्रह गरेको छ । उक्त विज्ञप्तिमा विद्यार्थी मञ्चका अध्यक्ष शम्भु कुमार यादव, मधेशी विद्यार्थी फोरम नेपालका अध्यक्ष श्यामकुमार यादव, अनेरास्ववियु जिल्ला उपाध्यक्ष रबि कुमार राय, अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष देवनारायण प्रमाणी, स्ववियू सचिव जयप्रकाश यादव ‘जेपी’, मधेशी युवा फोरमका अध्यक्ष बिशाल कुमार यादव, मधेशी विद्यार्थी फोरमका अध्यक्ष सत्येन्द्र यादव, युवा मञ्चका अध्यक्ष रामकुमार यादव, समाजवादी विद्यार्थी संघका केन्द्रीय सदस्य विद्यानन्द चौधरी, समाजवादी युवा संघका केन्द्रिय सदस्य भूपेन्द्र यादव, मधेशी युवा फोरम लोकतान्त्रिकका अध्यक्ष महेश साह, तराई मधेश युवा फ्रन्टका अध्यक्ष फनिकान्त झालगायतको हस्ताक्षर रहेको छ ।
यसैगरी माध्यमिक विद्यालयहरुका व्यवस्थापन समितिका अध्यक्षहरुको शनिवारै सम्पन्न बैठकले प्रहरी प्रशासनले एसएलसी परीक्षामा विद्यार्थीको भविष्यसँग खेलवाड गरेको भन्दै आपत्ति जनाएका छन् । पठन–पाठनको वातावरणप्रति सजग नदेखिएको र परीक्षाको वातावरण समेत बिगार्ने काम भएको भन्दै प्रेस विज्ञप्ति मार्फत भत्र्सना गरेको छ ।
विज्ञप्तिमा पब्लिक उच्च माबिका अध्यक्ष प्रयाग यादव, जनता माबि खुदीबखारी कुपहीका अध्यक्ष बिनोद कुमार मण्डल, जनता माबि ईटहरी विष्णुपुरका अध्यक्ष प्रभाकर यादव, छिन्नमस्ता माबि सखडाका अध्यक्ष बिजय कुमार यादव, माबि खुरहुरियाका अध्यक्ष जयनारायण यादव, नरेन्द्र माबि बोरियाका अध्यक्ष प्रमेश यादव, कन्छु नरप्रताप उच्च माबि रायपुरका अध्यक्ष युगेश्वर यादव, केअ माबि राजविराजका अध्यक्ष बलराम यादव, निमाबि छपकी भथौलका अध्यक्ष हरिनारायण यादवलगायतको हस्ताक्षर रहेको छ ।
No comments:
Post a Comment