Sunday, 22 March 2015

सप्तरीमा ५ सय ७ जनाको परीक्षा रद्द
परीक्षार्थी कुलदीपले गरे आत्महत्या 



माइजु, दुई ओटा विषयको परीक्षा राम्रै गएको छ, डिस्टींकसन आउँदैन तर फस्ट डिभिजन चाहीँ पक्कै आउँछ’ भन्ने सन्देश उदयपुरको रामपुरमा रहेकी आफ्नी माइजुलाई सन्देश पठाएका परीक्षार्थी कुलदिप ढुङ्गानाले शनिवार राती आत्महत्या गरेका छन् ।

शंकर उच्च माध्यमिक विद्यालय रुपनगरबाट एसएलसी परीक्षामा सहभागी भएका उनी शनिवार राती करिब ११.३० बजेको घरदेखि करिब ७० मिटर पर रहेको आँपको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । रुपनगर–८ घर भएका १६ वर्षिय ढुङ्गानाले जनचेतना उच्च माध्यमिक विद्यालय घोघिदाहा परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका थिए ।
नेपाली र अंग्रेजी विषयको परीक्षा दिईसकेका उनी शनिवार सबेरै खाना खाएर आफ्नी हजुरआमालाई ‘ हजुरआमा, म अहिले सुत्न जाँदैछु, भोली गणित विषयको परीक्षा छ, मलाई पढ्न ११ बजेतिर उठाईदिनुहोला भन्दै सुत्न गए । उनी सुत्न त गए, तर निद्रा लागेन । एसएलसी परीक्षाको भूत सवार भईसकेको थियो ।
परीक्षाको पहिलो दिन केन्द्रमा आएको प्रहरीसहितको टोलीले चीट चोरेको आरोपमा वार्निङ्ग घण्टी लाग्नुभन्दा दुई मिनेट अगाडि मात्र आफ्ना ११ जना साथीको परीक्षा रद्द गरेको थियो । अन्तिम समय आफ्ना सहकर्मीहरुको परीक्षा रद्द गरेपछि उनीहरु रुँदै घरतर्फ प्रस्थान गरेको दृष्यले तिमीलाई त्रसित तुल्याएको थियो । त्यसैले होला अनुगमन गर्ने नाउँमा भएको ज्यादती सहन नसकेर तिमिले आत्महत्या गर्यो होला ।
तथापि कुलदिप, तिमीले आत्महत्या गरे पनि सप्तरीका आम छात्राछात्राको पीडा उस्तै छ । यहाँ तिमी जस्ता विद्यार्थीको विद्यार्थीको पीडा बुझिदिने कोही भएन ।
 कमसेकम परीक्षा हलमा शान्तिपूर्ण वातावरण भईदिए शायद आम परीक्षार्थीलाई सहज हुने थियो । तर कसैले सुनिदिएन तिमी जस्ता विद्यार्थीको पीडा । परीक्षामा चोरी गरेको आरोपमा मौकासम्म नदिई निष्कासनसम्म नगरी परीक्षा नै रद्द गर्ने गरेको छ । अहिलेसम्म ५ सय ७ जना साथीको सम्बन्धित विषयको परीक्षा रद्द भएको छ । परीक्षा अवधिभरीमा यो संख्या डेढ हजारदेखि दुई हजारसम्म पुग्ने निश्चित छ ।
जेजस्तो भएपनि तिमी अब कुनै पनि राजनीतिक दलको भरिया नबन । नारा जुलुसमा लागेर आफ्नो भविष्य बर्वाद नपार । जे भयो भयो, तिमिले त चिन्यौ होला नेताहरुलाई । त्यसैले अब तिमी राम्रोसँग पढ । तिमीलाई कसैले पनि साथ दिने छैन । तथापि तिमी साहस नघटाउ, अगाडि बढ्, हरेस नखाउ । तिम्रो भविष्य तिम्रै हातमा छ ।
कुलदीपको आत्माले शान्ति पाओस् भनि ईश्वरसँग  कामना गर्दछु ।
                                          सलाम, कुलदीप








No comments:

Post a Comment