सप्तरीको पडेमाराको दलित वस्तीमा भीषण आगलागी ३३ परिवारको ७८ घर जलेर नष्ट, एक जनाको मृत्यू
आगलागीमा परि उनीहरुको घरमा रहेको लत्ता कपडा, खाद्यान्न सामग्री, फर्निचर सामग्री, गर–गहनालगायतका सामानहरु जलेर नष्ट भएको छ । अचानक तीब्र गतिमा बस्तीमा आगो सल्किएका कारण स्थानीयवासिन्दाहरुले घरमा रहेको सरसामानहरु निकाल्न नभ्याएको प्रहरीले जनाएको छ ।
अपरान्ह पौने १ बजेको समयमा शुरु भएको आगलागी चार घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । कञ्चनरुप नगरपालिकामा बारुणयन्त्र नभएका कारण सप्तरी सदरमुकाम राजविराज नगरपालिका, सुनसरीको ईनरुवा र ईटहरी नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगमा आगो निभाईएको थियो । आगलागी भएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो निभाउने कार्यक्रमा खटिएका थिए ।
क्षतिको पूर्ण विवरण आउन बाँकी रहे पनि करिब एक करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागी भएको बस्ती सदरमुकाम राजविराजदेखि करिब ४० किलोमीटर पूर्व–उत्तरमा पर्दछ ।
यता आजै साँझ सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवको आगलागीमा परि ज्यान गुमाएका परिवारलाई १० हजार ५ सय रुपैयाँ किरिया खर्च उपलब्ध गराएका छन् । यसैगरी उनले अग्निपीडितहरुलाई प्रति परिवार एक हजार ५ सय रुपैयाँ नगद, चिउरा, भुजा, नुन र सख्खर उपलब्ध गराएका छन् । अग्निपीडितहरुका लागि यथासिघ्र राहत सामग्री उपलब्ध गराउन नेपाल रेडक्रस सोसाईटी, नगरपालिका, गाविस लगायत संघ–संस्थाहरुसँग प्रमुख जिल्ला अधिकारी यादवले आह्वान गरेका छन् ।
No comments:
Post a Comment